८ बैशाख २०८२, सोमबार

‘महागठबन्धन’बाट निखिलको कमब्याक

nikhil upreti

नेपाली चलचित्र नगरिमा ‘एक्सन हिरो’को छबी बनाएर दर्शकमाझ प्रिय कहलिएका अभिनेता निखिल उप्रेतीले ‘महागठबन्धन’बाट नेपाली चलचित्र नगरिमा पुन: कमब्याक गर्ने भएका छन् । उनले लामो समयपछि नेपाली चलचित्रमा कमब्याक गर्न लागेका हुन् ।

पछिल्लो समय नेपाली चलचित्रका पुराना कलाकारहरुले पुन: कमब्याक गर्ने ट्रेन चलिरहेको छ । यही ट्रेनलाई फलो गर्दै संगीतकार शम्भुजित बास्कोटाले निखिललाई आफ्नो चलचित्रबाट कमब्याक गराउन लागेका हुन् ।

संगीतकार शम्भुजित बास्कोटाले निर्माण गर्ने यो चलचित्रलाई निर्देशक सुवर्ण थापाले निर्देशन गर्न लागेका हुन् । निर्माणपक्ष र निखिलको अहिले मौखिक सम्झौता मात्र भएको छ । अब चाडै नै लिखित सम्झौता गरेर यो चलचित्रको काम अगाडि बढाउने निर्माता बास्कोटाले बताए ।

राजनीतिक कथावस्तुमा आधारित रहेर निर्माण गरिने यो चलचित्रले अहिले हाम्रो देशमा भएका विभिन्न घटना क्रमको कथालाई पेश गर्नेछ ।