
प्रधानमन्त्री केपी शर्मा अेलीले अयोध्यापुरी नै सक्कली ‘अयोध्या’ भएको दावी गरेपछि सरकारले पर्साको ‘अयोध्यापुरी’ मा पुरातात्विक तथ्य पत्ता लगाउन उत्खनन गर्ने भएको छ ।
पुरातत्व विभागले चासो बढाए पछी त्यहाँ अध्ययन र पुरातात्विक खोज सुरु गर्ने विभागको तयारी छ । ‘माथिबाट हामीलाई निर्देशन आउनासाथ हामी अयोध्यापुरीमा उत्खननको लागि प्रक्रिया अघि बढाउँछौं,’ एक अधिकारीले भने, ‘प्रधानमन्त्रीले बोल्नुभएपछि यसबारे अनुसन्धान गर्नैपर्ने अवस्था आएको छ ।’
हाल विभागसँग भएको बजेटबाट काम अघि बढाउन नसकिने र अयोध्यापुरीको उत्खनन अघि बढाउन थप बजेट चाहिन्छ । विभागका अनुसार थप बजेटको व्यवस्था गरेर अयोध्यापुरीका क्षेत्रमा अध्ययन अनुसन्धान र प्रमाणहरुको संकलनको काम गर्न सकिने छ ।
अहिले बाहिर आएका प्रमाणहरु आप्रामणिक रहेको र अयोध्यापुरीमा उत्खनन गरेपछि मात्रै भगवान रामको ‘जन्मभूमि’ थियो वा थिएन भन्ने स्पष्ट हुने बताउँछन् । अयोध्यापुरी क्षेत्रमा रहेको एउटा गुफासहित विभिन्न पुराना सम्पदालाई श्री रामसँग जोडेर चर्चा गरिन्छ भने सोही क्षेत्रमा वाल्मीकि आमश्र छ ।
स्थानीय तहले पर्यटन प्रवर्द्धनका लागि बजेट दिने गरेको छ । तर यो क्षेत्रको पुरातात्विक महत्वबारे अहिलेसम्म खोज अनुसन्धान भएको छैन ।