८ बैशाख २०८२, सोमबार

भ्रष्टाचार गर्नेलाई अपराधअनुसार कारबाही हुन्छ : प्रधानमन्त्री ओली

oli 1

प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टहरूको मुख हेरेर नभई अपराध हेरेर कारबाही हुने बताउनुभएको छ ।

ललितपुर महानगरपालिकाको स्थापना दिवसको अवसरमा आज गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जोसुकैलाई पनि अपराध हेरेर कारबाही गरिने बताउनुभएको हो ।

उहाँले देशको अवस्था सुधार गर्दै गरिबीबाट माथि उठाउनुपर्ने बताउनुभयो । सुशासन कायम गरेर भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने भएकाले भ्रष्टहरुको अपराध हेरेर कारबाही गर्ने प्रतिबद्धता जनाउनुभयो ।

कर्मचारीले पनि जनतालाई दुःख दिन नपाउने उहाँको भनाइ थियो । प्रधानमन्त्री ओलीले जनप्रतिनिधि वा कर्मचारी जो भए पनि घमण्ड नगरी जनताको सेवामा तल्लीन हुनुपर्ने बताउनुभयो ।