
सांकेतिक तस्विर
दार्चुलामा भिरबाट लडेर शिक्षकको निधन भएको छ ।
जिल्लाको अपिहिमाल गाउँपालिका–६ मा भिरबाट लडेर मार्मा गाउँपालिका–२ का ३५ वर्षिय दलवीर महराको मृत्यु भएको हो ।
जिल्लाको भवानी आधारभुत विद्यालयका प्रधानाध्यापक समेत रहेका महराको शुक्रबार विद्यालयबाट घर फर्किने क्रममा भिरबाट लडेर मृत्यु भएको बताइएको अपिहिमाल गाउँपालिका अध्यक्ष भक्तसिंह ठेकरेले बताए ।