
काठमाडौं, ११ चैत्र । काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह (बालेन)ले वर्तमान सरकारलाई एक हप्ताको अल्टिमेटम दिएका छन् । उनले काठमाडौं महानगरका सरसफाई कर्मचारीे विगत तीन महिनादेखि तलब नपाएको र त्यसको कारण सरकारको दम्भ भएको आरोप लगाएका छन् ।
उनले कसले के के आन्दोलन गर्ने कुरा आफूलाई थाहा नभएको तर अबको एक हप्तामा आफ्ना कर्मचारीले तलब नपाए सबैलाई टुकुचामा गाडिदिने चेतावनी दिएका छन् । उनले चेतावनीयुक्त भाषामा तिमीहरुको तन्त्र के के हो हेरौंला भनेर अर्को धम्की दिएका छन् ।
बालेनले फेशबुकमा लेखेका छन्- काठमाडौं महानगरपालिकाको सरसफाई कर्मचारीले बिगत ३ महिना देखी तलब पाको छैन, सरकारको दम्भले !
को कोले के के आन्दोलन गर्ने हो, मलाई थाह छैन, अबको एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाडदिन्छु !
त्यो पछी हेरौँला तिमी हरुको के के तन्त्र हो!!
