
बिहीबार राती सकिएको खेलमा भिल्लारियललाई पराजित गर्दै ३४औं पटक स्पेनिस ला लिगाको उपाधि रियल मड्रिडले जितेको छ। बर्सिलोनासँग कडा प्रतिस्पर्धामा रहेको रियलले एक खेल बाँकी रहँदै उपाधि जितेको हो ।
करिम बेञ्जिमाले २९औं मिनेटको गोल र ७७औं मिनेटमा पेनाल्टी मार्फत गएको गोलले रियलले २ गोलको अग्रता लिएको हो । ८३औं मिनेटमा भिल्लारियलले सान्त्वना गोल गरेपनि हार टार्न सकेन।

त्यसैगरी घरेलु मैदान क्याम्प नोउमा बार्सिलोनले २-१ हार व्यहोरेको छ । १० खेलाडीमा सिमित ओसासुनासँग आफ्नो हार टार्न सकेन ।
ओसासुनाले खेलको १५औं मिनेटमा अग्रता लिएको थियो । ६२औ मिनेटमा मेसिले गोल गर्दै खेल बराबरीमा लगेका थिए । तर ७७औं मिनेटमा १० खेलाडीमा सिमित ओसासुनाले खेल को अन्तिम मिनेटमा (९०+४) गोल गर्दै जीत दर्ता गर्यो ।