
गए राती भएको ईङ्ग्लिश प्रीमियर लिगको खेलमा पुछारमा रहेको एस्टन भिल्ला सँग आर्सनले १-०को अप्रत्याशित हार व्यहोरेको छ । २७औ मिनेटमा खाएको एक गोल फर्काउन नसक्दा आर्सनले तीन अंक गुमाएको हो । यो हारसँगै आर्सनल अन्तिम खेल अगाडी ५३ अंकका साथ १०औं स्थानमा छ भने एस्टन भिल्ला जितसंगै १७औ स्थानमा छ ।

दोश्रो खेलमा म्यान्चेस्टर युनाइटेड ले पहिले गोल खाएपनी ५१औ मिनेटमा बराबरी गरेपछी चेल्सीलाई पछी पार्दै तेस्रो स्थानमा उक्लिएको छ ।
चेल्सी संग समान ६३ अंक रहेको म्यान्चेस्टर युनाइटेड गोल भिन्नताको आधारमा तेस्रो स्थानमा उक्लिएको हो ।

त्यस्तै लिभरपुल र चेल्सी बिचको अन्तिम खेलमा ८ गोल भएको छ । खेलमा लिभरपुलले ५ गोल गरेको थियो भने चेल्सीले ३ गोल गर्यो । निकै रोमान्चक खेलमा लिभरपुलको तर्फ बाट नेबी किएटा, एलेक्जेन्डर आर्नोल्ड्, विनाल्दुम्, रोबेर्टो फर्मिनो, र एलेक्स चेम्बर्लिन ले क्रमश: २३, ३८, ४३,५५ र ८४औ मिनेटमा गोल गरे ।
त्यस्तै चेल्सीको तर्फबाट ओलिभिए जिरु, ट्यामी अब्राहाम्, र पुलिसिकले एक एक गोलगरे पनि हार व्यहोरोको छ ।
को बन्छ तेस्रो स्थानको दावेदार ?
यो संगै लिगमा तेस्रो स्थानको यात्रा निकै रोमान्चक मोडमा पुगेको छ ।
तेस्रो स्थानको लागी अन्तिम खेलमा पाचौँ र तेस्रो स्थानमा रहेको लिसेस्टर सिटी र म्यान्चेस्टर युनाइटेड बिच अन्तिम खेल हुँदै छ ।
आफ्नो अन्तिम खेलमा चेल्सी र म्यान्चेस्टर युनाइटेडले हारेको खण्डमा मात्र लिसेस्टर सिटीले तेस्रो स्थान पुग्नेछ ।
यदी म्यान्चेस्टर युनाइटेड र लिसेस्टर सिटी बराबरी खेल्छन तर चेल्सीले जित निकाल्छ भने, तेस्रो स्थानको दावेदार चेल्सी हुन पुग्छ ।
त्यसैगरी चेल्सी र म्यान्चेस्टर युनाइटेड दुवैले जित निकाल्छन भने पनि म्यान्चेस्टर युनाइटेडनै गोल भिनन्ताको आधारमा तेस्रो स्थानमा रहन्छ ।