
नेपालमा आज (मंगलबार) ५,०३२ पिसिआर टेस्ट भएकोमा थप ३११ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ भने ५,१२९ जनामा सक्रीय संक्रमण देखिएको छ ।
काठमाडौंमा ४८ र ललितपुरमा ४ र भक्तपुरमा एक जनागरी उपत्यकामा ५३ संक्रमित थपिएका छन । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १८ हजार ७५२ पुगेको छ । हाल क्वारेन्टाइनमा १५,३३१ जना रहेका छन ।
पछिल्लो २४ घण्टामा १२१ जना र आज सम्म १३,८७५ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए ।
हाल एकजना पनि सङ्क्रमित नभएका जिल्ला घटेर पाँच भएको छ । कोरोना मुक्त्त जिल्लाहरुमा भोजपुर, सङ्खुवासभा, रसुवा, मनाङ र मुस्ताङ रहेका छन् ।
त्यसैगरी पछिल्लो २४ घण्टामा एक जना को निधन भएको छ । यो सँगै कोरोनाबाट संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४९ पुगेको छ ।