
इटालियन सिरी ए च्याम्पियन युभेन्टस पराजित भएको छ । बुधबार राति भएको खेलमा च्याम्पियन युभेन्टस् काग्लीयरीसँग २–० गोलले पराजित भएको हो ।
काग्लीयरीको घरेलु मैदानमा भएको खेलमा च्याम्पियन युभेन्टसलाई पारजित गर्न लुका गाग्लियानो र गियाभानी सिमोनेले एक–एक गोल गरे ।
खेलको आठौं मिनेटमा लुकाले गोल गर्दै घरेलु टोलीलाई अगाडि बढाएका थिए । उनले फेडेरेको मासेइलोको पासमा गोल गर्दै काग्लियरीलाई १–० गोलको अग्रता दिलाए । त्यस्तै पहिलो हाफमा इन्जुरी समयमा सिमोनेले गोल गर्दै काग्लियरीको अग्रता दोब्बर पारे । उनका लागि पनि फेडेरेकोले नै पास उपलब्ध गराएका थिए ।
त्यसपछि दोस्रो हाफमा दुवै टोलीबाट कुनै थप गोल हुन नसक्दा च्याम्पियन युभेन्टस् काग्लियरीसँग २–० गोलले पराजित भएको हो ।
यस जितसँगै काग्लियरीले २७ खेलबाट ४५ अंक जोड्दै १३औं स्थानमा उक्लिएको छ । पराजित युभेन्टस दुई खेलअगावै लिग च्याम्पियन बनेको थियो ।