
चेल्सीलाई २-१ ले हराउँदै आर्सनलले एफए कप उपाधी जितेको छ ।
लन्डनको वेम्ब्ली स्टेडियममा भएको खेलमा आर्सनलले चेल्सीलाई पराजित गर्दै १४औ पटक एफए कपको उपाधी आफ्नो पोल्टामा पारेको छ ।
युरोपा लिगको लागी जित्नै पर्ने दवाबका बिच खेलेको खेलामा आर्सनलका खेलाडी अबुमायाङ्को दुई गोलको मद्दतले उपाधी चुमेको हो ।
खेलको पाचौँ मिनेटमा चेल्सीका पुलिसिकले चेल्सीलाई अग्रता दिलाएपनी २८औँ मिनेटमा पाएको पेनाल्टिलाई अबुमायाङ्ले जाली चुमाएर गोल बराबरी गरेका थिए ।
दोस्रो हाफको ६७औँ मिनेटमा गोल गर्दै आर्सनलले २-१ को अग्रता कायम गरेको थियो । ७३औँ मिनेटमा कोभासिक दोस्रो पहेलो कार्ड खाँदै मैदान बाहिर गएपछी चेल्सी १० खेलाडीमा सिमित भएको थियो ।
चेल्सीका खेलाडीहरु चोट्ग्रस्त हुँदै मैदान बाहिर गएका थिए ।
खेलको ९०औँ मिनेटमा चेल्सीका पेद्रो मैदाइनमा घाइते भएपछी स्ट्रेचरमै मैदान बाहिर लग्नु परेको थियो । खेलाडी घाइते भएपछी आउँदो आइतबार हुने च्याम्पियन्स लिगको खेल प्रभावित हुने देखिएको छ ।