
फाइल फोटो
कोरोना संक्रमित बढे सँगै गृह मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै काठमाडौं सहित २ सयभन्दा बढी सक्रिय कोरोना संक्रमति रहेका शहरी इलाकामा राति ९ बजेदेखि बिहान ५ बजेसम्म आवत जावतमामा रोक लगाएको छ ।
गृह मन्त्रालयले कोरोना भाइरसको बढ्दो जोखिमलाई मध्यनजर गर्दै बिहीबारदेखि लागू हुने गरी उक्त निर्णय लिएको हो । अत्यावश्यक सेवामा भने यो निर्णय लागू हुने छैन ।
यस्तै काठमाडौं उपत्यका प्रवेश गर्ने अत्यावश्यक ढुवानी बाहेकका सबै यात्रुवाहक सवारी साधनहरुलाई साँझ ७ देखि बिहान ७ बजेसम्म आवागमन निषेध गरिएको व्यवस्थालाई कडाईका साथ लागू गर्ने समेत मन्त्रालयले जनाएको छ ।
यस्तै सरकारले बिहीबारबाटै लागू हुने गरी सवारी साधनमा जोरविजोर प्रणाली लागू गर्ने पनि निर्णय गरेको छ ।
