१० बैशाख २०८२, बुधबार

बैतडीमा मास्क नलगाउनेलाई जरिवाना तिराउँदैं प्रहरी

Baitadi penalty corona

लकडाउन खुलेपछि बजार क्षेत्रमा भिडभाड बढ्न थालेले संगै जिल्ला सुरक्षा समितिको टोलीले अनुगमन थालेको छ । टोलीमा जिल्ला समन्वय समिति प्रमुख सिद्धराज भट्ट, प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीलगायत सहभागिता रहेको छ ।

लकडाउन खुलेसँगै बजार क्षेत्रमा स्वास्थ्य सुरक्षा सतर्कता नअपनाएरै हिडडुल गर्ने गरेको पाइएपछी जरिवाना तिराउन थालिएको छ । अनुगमनका क्रममा बैतडीको पाटन बजारमा मास्क नलगाउनेलाई प्रहरीले रु एक सय जरिवाना तिराएका छन्।