
लेबनानको राजधानी बेरुतमा एक हप्ताअघि भएको विस्फोटमा १६० जनाभन्दा बढीको मृत्यु भएपछि सरकार विरुद्ध आन्दोलन शुरु भएको थियो। प्रदर्शनकारीहरुले सरकारले भ्रष्टचारलाई प्रोत्साहित गरेको र काम गर्न नसकेको भन्दै सडकमा ओर्लिएका थिए।
विस्फोटको घटनालाई लिएर सरकार विरुद्ध प्रदर्शन उग्र बन्दै सोमबार बेलुका सरकार भंग गरेको अर्थात राजीनामा दिएको घोषणा गरेका हुन् । उनले यो घोषणा टेलिभिजन सम्बोधन मार्फत गरेका हुन् ।
हसन गत जनवरीदेखि लेबनानका प्रधानमन्त्री थिए। राष्ट्रपति मिचेल अउनले हसनलाई अर्को सरकार गठन नभएसम्म कार्यवाहक हैसियतले सरकार संचालन गर्न आग्रह गरेका छन्।
गोदाममा भएको विस्फोटमा परी करिब छ हजार मान्छे घाइते भएको पनि जनाइएको छ। विस्फोटपछि बेरूतका सडकमा मान्छेहरू प्रदर्शन गरिरहेका छन्। लेबनानका राष्ट्रपतिका अनुसार उक्त गोदाममा २७ सय ५० टन एमोनियम नाइट्रेट बिना कुनै सुरक्षा-सावधानी ६ वर्षदेखि भण्डारण गरेर राखिएको थियो।