
समान्य ज्ञानको विषयलाई लिएर कलाकारहरु ट्रोलको शिकार भईराख्दा, फिल्मी पत्रकार प्रकाश सुवेदी पनि आफ्नो अभिव्यक्तिलाई लिएर विवादित बने ।
सोही सेरोफेरोमा रहेर अभिनेता तथा कलाकार दीपकराज गिरीले कलाकार र पत्रकारको सम्बन्धलाई लिएर फेसबुकमा एक स्ट्याटस राखेका छन ।
उक्त स्ट्याटसका कतीपय कुरा पत्रकार सुवेदी र समाचारलाई भाइरल बनाउन गरिने पत्रकारिता प्रति लक्षित गरेको बुझ्न सकिन्छ । भाइरस र भाइरल शब्द जोड्दै अभिनेता गिरीले अन्तबार्ताहरुबाट डराउन पर्ने स्थिती सृजना हुन थालेको अभिप्राय उल्लेख गरेका छन ।
उनि लेख्छन “एक चलचित्रकर्मीको हिसाबले आज कुन सहकर्मी भाइरल हुने हो भन्ने डरले मुटु झस्किरहन्छ आजकल !!!” । कलाकार र पत्रकार बिचको भुत र वर्तमान सम्बन्ध तुलना गर्दै उनी थप्छन “हिजोको दिनमा कुनै च्यानलमा अन्तर्वार्ता दिएर आउदा मनै गदगद हुनथ्यो ,टोल, छिमेकि ससूराली सबैतिर आफै हल्ला गरिन्थ्यो उत्साहित हुदै टिवी अगाडि बसिन्थ्यो अन्तर्वार्ता हेरिन्थ्यो तर आजकल समय फेरियो, हामि फेरियौ, सबै फेरियो आजकल अन्तर्वार्ता को लागि फोन आउदा पनि अपराध अनुसन्धान कार्यालयबाट फोन आको जस्तो लाग्न थाल्यो” ।
उनी सबैलाई अन्तर्वार्ताको लागी टार्न नसकिने बताउँछन । दिपकका अनुसार बौद्धिकता र शारीरिक बनावट प्रतिको टिप्पणीलाई लक्षित गर्दै जे बिक्छ त्यही बेचौं भन्ने मानसिकता हाबी हुँदा यी घटनाक्रमहरूको जन्म भएको हो ।
उनि थप्छन “पछिल्ला धेरै घटनाक्रमहरू यदि यहि क्रम चलिरहने हो भने यसबाट सबैभन्दा घाटा कलाकार र त्यो भन्दा पनि घाटा जेन्युविन पत्रकारीता गर्दै आएका निर्दोष साथिहरूलाइ हुन जान्छ !”
पत्रकारले कलाकारको राम्रो अन्तरवार्ताका लागि पनि दुःख पाउनु पर्ने अवस्था आउनसक्ने भन्दै दीपक अगाडि लेख्छन्, “पहिला पहिला पत्रकार साथिहरूले कलाकारले बोलेको नराम्रो लाग्ने कुरा आफैले काटिदिन्थे । तर आजकल कलाकार चिप्लेको कुरा हाम्ले किन मिलाइ मिलाइ काटिदिनु पर्ने भन्ने दिन आयो । हामी पत्रकार र कलाकार एकै क्षेत्रको भएको नाताले हामी मध्ये जो नांगिए पनि औंला चाहिँ हामी दुबैतिर उठ्नेछ र अन्त्यमा दीपक लेख्छन भाइरस र भाइरल दुबैसंग जोगिऔं” ।
पछिल्लाे समय महानायकको बिषयमा बाेल्दा दीपा श्री निराैला बिबादमा परिन्, त्यस्तै सामान्य ज्ञान नजान्दा पूजा शर्मा ट्रोल्ल बनिन्, भारतकाे बिषयमा बाेल्दा वर्षा राउत र नारायण गाेपालकाे गीत नचिन्दा गायक दुर्गेश थापा पनि ट्राेलकाे सिकार बने ।