
नेपालमा आज (शुक्रबार्) ११,५७५ पिसिआर टेस्ट भएकोमा थप ५९४ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ भने ७९१३ जनामा सक्रीय संक्रमण देखिएको छ ।
यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २५ हजार ५५१ पुगेको छ । हाल क्वारेन्टाइनमा १४,६३८ जना रहेका छन । पछिल्लो २४ घण्टामा २४० जना र आज सम्म १७, ०७७ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए ।
संखुवासभा, मनाङ्, मुस्ताङ र डोल्पा मा संक्रमित संख्या शुन्य छ भने काठमाडौं, पर्सा, रौतहट र महोत्तरी अ भने संक्रमित संख्या कम्तिमा ५०० रहेको छ ।
काठमाडौंमा ८३, ललितपुरमा ३० र भक्तपुरमा ६ जना गरेर उपत्यकामा ११९ जना संक्रमित थपिएका छन |
त्यस्तै हालसम्म मृतक ९९ जनामा काेराेना पुष्टि भएकाे छ।