
केही समय अघि मात्र प्रर्दशनमा आएको नेपाली कथानक चलचित्र मायापिरिम बाट चर्चामा आएका नायक रोमन बिन्दास राई म्युजिक भिडियोमा समेत देखिने भएका छन ।
उनी अभिनित एक म्युजिक भिडियो चाडै बजारमा आउने भएको छ । भर्खरै मात्र छायांकन सम्पन्न भएको माया नामक म्युजिक भिडियो रोमन र आकृती न्यौपाने अभिनय रहेको छ ।

र्याप शैलिको उक्त गीतमा अंकित तामाङ को स्वर र रोजन तामाङको र्याप रहेको छ । युवापुसस्तालाइ लक्षित गरि तयार पारिएको यस गीतको भिडियालाइ प्रेम कार्किको निर्देशन तथा कपिल खरेलले निर्माण रहेको छ ।
लामो समयदेखि मोडलिङ क्षेत्रसंगै अभिनय क्षेत्रमा संघर्षशिल रोमनको यसपछि अन्य म्युजिक भिडियोहरु समेत आउने तयारिमा रहेको छ ।
