
गए राती रौतहटको माधवनारायण नगरपालिमा पर्ने हनुमान मन्दिरका पुजारी श्रीराम साहको गोली हानेर हत्या गरिएको छ ।
अज्ञात समूहले ६५ वर्षीय साहलाई मन्दिर अगाडि खाना खान लाग्दै गर्दा प्रहार गरेको गोली उनको कन्चटमा लागेको हो। उनको घटनास्थलमै निधन भएको थियो ।
प्रहरी घटनास्थल पुगिसकेको र घटनाबारे थप अनुसन्धान आज बिहानैबाट शुरु हुने प्रहरी श्रोतले बताए ।