
सञ्चारकर्मी प्रकाश सुवेदी र अभिनेत्री पूजा शर्माविचको विवाद टुंगिएको छ । चलचित्र कलाकार संघ, चलचित्र निर्माता संघसंस्थाका व्यक्तिहरुको रोहबरमा प्रकाश र पूजाविचको
विवाद समाधान भएको हो ।
प्रकाश पुजाको बिबाद एपि वान टेलिभिजनमा प्रसारित कार्यक्रम रजतपटमा प्रकाश ले बोलेको शब्दमा पुजाले आपति जनाएपछि सुरु भएको थियो ।
पछि उक्त कार्यक्रममा गल्ति भएको भन्दै प्रकाशले माफि मागेतापनि पूजा माफि दिन तयार नभएपछि बिबाद झनै लम्बिएको थियो ।
पूजा र प्रकाशको बिबाद बिहीवार एपी वान टेलिभिजनको कार्यालयमा भएको छलफलपश्चात उनीहरुले भविष्यमा आपसी सद्भाव विग्रन नदिने भन्दै सहमति पत्रमा हस्ताक्षर गरेका छन्
