
सुष्मा महराको शब्दमा मिना निरौलाको तीज गीत तीज आयोको भिडियोमा नीता ढुंगानाको दमदार नृत्य
हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर गायिका मीना निरौलाको स्वरमा रहेको तीज गीत तीज आयोको भिडियो ओ.एस.आर. डिजिटलमार्फत सार्वजनिक भएको छ ।
महिला उद्यमी तथा वरिष्ठ ब्युटिसियन फिसियल हाउसकि प्रवन्ध निर्देशक सुष्मा महराको शब्द रहेको उक्त गीतमा संगीत गायिका निरौला कै रहेको छ भने संगीत संयोजन निरज श्रेष्ठले गरेका छन् ।
फिसियल हाउसको प्रस्तुती रहेको सार्वजनिक तीज गीतको भिडियोमा नायिका नीता ढुंगानाको जोडदार नृत्य देख्न सकिन्छ । भिडियोमा नायिका ढुंगाना संगै विभिन्न पेशामा आवद्ध महिला उद्यमीहरुलाई फिचर गरिएको छ ।
उज्ज्वल जंग शाह क्रिएटिभ हेड रहेको भिडियोमा नवराज घिमिरेको छायांकन, शक्ति प्रज्वल घिमिरेको सम्पादन तथा प्रविन थापाको कोरियोग्राफी तथा निर्देशन रहेको छ ।
उद्यमसंगै नेपाली मनोरंजन क्षेत्रसंग नजिक रहेकी महराले नेपाली संगीतको क्षेत्रमा पहिलो पटक पाइला चालेकी हुन् । संगीतमा आफ्नो रुचि सानै देखि रहेता पनि गीत लेखन भने यो नै पहिलो रहेको र आगामी दिनमा कुनै न कुनै तवरबाट नेपाली संगीत क्षेत्रमा कृयाशील रहने महराले बताइन् ।