
नेपालमा आज (सोमबार) ११,१२९ पिसिआर टेस्ट भएकोमा थप ८९९ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ भने १७,८२२ जनामा सक्रीय संक्रमण देखिएको छ ।
यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३९ हजार ४६० पुगेको छ । हाल क्वारेन्टाइनमा ७,३३७ जना रहेका छन । पछिल्लो २४ घण्टामा ५८८ जना र आज सम्म २१,४१० जना संक्रमणमुक्त भएर डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए ।
काठमाडौंमा १९० , ललितपुरमा ६७ र भक्तपुरमा ४१ जना गरेर उपत्यकामा २९८ जना संक्रमित थपिएका छन |
प्रदेश अनुसार आईसियुमा १३२ जना उपचाररत छन जसमा प्रदेश १ मा ४, प्रदेश २ मा ३८, बाग्मती प्रदेशमा ७०, गण्डकी प्रदेशमा ३ जना, प्रदेश ५ मा १७ जना रहेका छन । त्यसैगरी बाग्मती प्रदेशमा १३ जना र प्रदेश १ मा १ जना र प्रदेश ५ मा २ जना भेन्टीलेटरमा उपचाररत रहेका छन ।
पछील्लो २४ घण्टामा ७ जनाको निधन भएको छ । हालसम्म मृतक २२८ जनामा काेराेना पुष्टि भएकाे छ।