
फ्रान्सको एउटा गाउँमा एक वृद्ध मानिसले झिङ्गा धपाउने प्रयास गर्दा उनको घरमा विस्फोटन भएको छ। व्यक्तिले झिंगा मार्ने कोसिस गरे तर यो चक्करमा उनको घरको ठूलै भाग जलेको छ ।
फ्रान्सको दोर्दोनमा बस्ने करिब ८० वर्षका एक वृद्ध रातीको खाना खान बसेका थिए तर एउटा झिंगा भन्किँदा उनलाई रिस उठ्न थाल्यो ।
रातिको भोजन गर्न बस्न लागेको बेला एउटा झिङ्गाले दुःख दिएपछि उनले किरा–फट्याङ्ग्रा मार्न काम लाग्ने इलेक्ट्रोनिक र्याकेट उठाए र झिङ्गा मार्ने कोसिस गरे ।
तर त्यतिबेला उनको घरमा ग्यास लिक भइरहेको थियो जसका कारण इलेक्ट्रोनिक र्याकेट हावामा चलाउँदा बिस्फोट भयो ।
बिस्फोटमा उनको भान्साकोठा र घरको छतमा निकै क्षती पुगेको छ ।
स्थानीय मिडियाका अनुसार उक्त बिस्फोटमा उनी बाँच्न सफल भएका छन् तर उनको हात आगोले पोलेको छ ।
हाल उनीहरु एउटा क्याम्पमा बसिरहेका छन् र उनको परिवार घरको मर्मत गरिरहेका छन् ।