
नेपालमा आज (सोमवार) ९,२१८ पिसिआर टेस्ट भएकोमा थप ९७९ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ भने १६,२५९ जनामा सक्रीय संक्रमण देखिएको छ ।
यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४७ हजार २३६ पुगेको छ । हाल क्वारेन्टाइनमा ४७३९ जना रहेका छन । पछिल्लो २४ घण्टामा १,७३६ जना र आज सम्म ३०,६७७ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए ।
काठमाडौंमा २९३,, ललितपुरमा २० र भक्तपुरमा १३ जना गरेर उपत्यकामा ३२६ जना संक्रमित थपिएका छन |
प्रदेश अनुसार आईसियुमा १७४ जना उपचाररत छन जसमा प्रदेश १ मा ६, प्रदेश २ मा २४, बाग्मती प्रदेशमा १११, गण्डकी प्रदेशमा ५ जना, प्रदेश ५ मा २१ जना, कर्णाली प्रदेशमा ३ र सुदुर पश्चिममा १ जना रहेका छन । त्यसैगरी बाग्मती प्रदेशमा १८ जना र प्रदेश ५ मा २ जना गरी जम्मा २० जना भेन्टीलेटरमा उपचाररत रहेका छन ।
पछिल्लो २४ घण्टामा ११ जनाको निधन भएको छ । हालसम्म मृतक ३०० जनामा काेराेना पुष्टि भएकाे छ।