१० बैशाख २०८२, बुधबार

सहयोगी हातहरु जुट्दै, चन्द्रको घर उठ्दै

chandra home

भैरबी गाउँपालिका–५ का चन्द्रप्रसाद रिजाल परिवारको गुजारा चलाउन भारतको थुप्रै ठाउँमा भौतारिए । अन्तत रोजगारीकै लागि रिजाल भारतको गुजरातमा पुगे । त्यहाँ मजदुरी गर्दा उनको र परिवारको दिनचर्या राम्रै चल्यो । तर, ०७४ असोजमा उनि बस दुर्घटनामा परे । दुर्घटनामा उनको दुवै खुट्टा गुम्यो । कम्मरमुनीको भाग चल्नै छाड्यो ।

उनको उपचारमा लाखौ खर्च भयो । सात लाख रुपैयाँ खर्चेर भारतमा उपचार गरेका रिजाल थप उपचारका लागि आर्थीक अभाव हुँदा अपाङ्ग शरिर लिएर गाउँमा रहेको घर फर्कीए । आर्थीक अवस्था कमजोर भएका रिजाल आफ्नो उपचारमा नेपालका विभिन्न अस्पतालमा पुगे । आर्थिक अवस्थाले उनको उपचार सफल हुन सकेन् ।

‘पहिलाको जस्तै हिड्ने, मजदुरी गरेर परिवारको खर्च धान्ने ठूलो सपना छ, तर उपचारका लागि रकम छैन्,’ उनले भने । एकातिर आफ्नो शरिर गुमाउनु पर्दाको पीडा अर्कोतीर गरिबीको पीडाले पिल्सिएको रिजाल भन्छन् ‘घर फर्केर छरछिमेकबाट सहयोग मागेर विभन्न अस्पतालहरुमा उपचार गरेर अहिले ह्वीलचियरको सहायताले घर वरपर घुम्न सक्ने भएको छु ।

गतबर्ष पोखरामा पुगेर उपचार गरि फर्किएका रिजालको मजदुरीका क्रममा शरिरको आधा भाग गुमाएका रिजालको ‘साउन अन्तिम साता परेको अबिरल बर्षातका कारण घर ढल्यो, बस्ने बास समेत गुम्यो । बस्ने ठाउँ समेत नपाएका रिजाललाइ भने अहिले सहयोगी हातहरु जुट्दै गएका छन् ।

उनको ‘भत्केको घर उठाउनको लागि सन्तोष पाण्डेले ३४ हजार सात सय बहत्तर, खगेन्द्र शाही खाणले २०हजार, आयुश्मा देवकोटाले दुई हजार पाँच सय, प्रशान्त खतिवडाले दुई हजार एक सय, सुवास गिरीले दुई हजार गरि विभिन्न ब्यक्तिहरुले जम्मा ६५ हजार रुपैया सहयोग गरेका छन् भने आइएन एफ सुर्खेत उनको घर बनाउँनको लागि २४ वटा जस्ता पाता र ६ बोरा सिमेट सहयोग गरेको छ। यस अघि पहिले शरीर अहिले घर, दुवै भत्कियो, सहयोगी हातहरुलाई आग्रह भन्ने शिर्षकमा नेपाल घटनामा समाचार प्रकाशित भएको थियो ।

रिजालको घर बनाउनका लागि अहिले करीब २ लाख लाग्ने अनुमान गरिएको छ भने उनको घर बनाउनको लागि ३ जना कामदार खटिरेका छन् । सहयोग जुट्दै गए पछी रिजालको घर उठ्दै गएको छ ।