
नेपालमा आज (शनिवार) १०,१७६ पिसिआर टेस्ट भएकोमा थप १,२०२ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ भने १५,२६० जनामा सक्रीय संक्रमण देखिएको छ ।
यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ५३ हजार १२० पुगेको छ । हाल क्वारेन्टाइनमा ६,३५४ जना रहेका छन । पछिल्लो २४ घण्टामा ८५२ जना र आज सम्म ३७,५२४ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए ।
पछिल्लो २४ घण्टामा काठमाडौंमा ३७७, ललितपुरमा ३७ र भक्तपुरमा १७ जना गरेर उपत्यकामा ४३१ जना संक्रमित थपिएका छन | हिजो काठमाडौं उपत्यकामा संक्रमितको संख्या ६९६ रहेको थियो ।
प्रदेश अनुसार आईसियुमा १६० जना उपचाररत छन जसमा प्रदेश १ मा ५, प्रदेश २ मा ९, बाग्मती प्रदेशमा १०९, गण्डकी प्रदेशमा ६ जना, प्रदेश ५ मा २२ जना, कर्णाली प्रदेशमा ९ जना रहेका छन । त्यसैगरी बाग्मती प्रदेशमा २१ जना, प्रदेश ५ मा २ र सुदुर पश्चिममा १ जना गरी जम्मा २४ जना भेन्टीलेटरमा उपचाररत रहेका छन ।
पछिल्लो २४ घण्टामा १४ जनाको निधन भएको छ । हालसम्म मृतक ३३६ जनामा काेराेना पुष्टि भएकाे छ।