
नेपालमा आज (मंगलवार) १०,३७५ पिसिआर टेस्ट भएकोमा थप १,४५९ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ भने १५,७७९ जनामा सक्रीय संक्रमण देखिएको छ ।
यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ५६ हजार ७८८ पुगेको छ । हाल क्वारेन्टाइनमा ७,२५० जना रहेका छन । पछिल्लो २४ घण्टामा १०६२ जना र आज सम्म ४०,६३८ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए ।
प्रदेश अनुसार आईसियुमा १७४ जना उपचाररत छन जसमा प्रदेश १ मा ५, प्रदेश २ मा ९, बाग्मती प्रदेशमा १२३, गण्डकी प्रदेशमा ६ जना, प्रदेश ५ मा २२ जना, कर्णाली प्रदेशमा ९ जना रहेका छन । त्यसैगरी प्रदेश १ मा एक जना, बाग्मती प्रदेशमा २५ जना, प्रदेश ५ मा १ र सुदुर पश्चिममा १ जना गरी जम्मा २८ जना भेन्टीलेटरमा उपचाररत रहेका छन ।
पछिल्लो २४ घण्टामा ११ जनाको निधन भएको छ । हालसम्म मृतक ३७१ जनामा काेराेना पुष्टि भएकाे छ।