
ड्रीम११ आईपीएल को १३औ संस्करण आज बाट केहि घण्टामा शुरु हुँदैछ । कोविड्-१९ को कारण यसपटकको खेल निर्धारित समय भन्दा ६ महिना पछी खेलिदैछ । नेपाली समय अनुसार साँझ ७:४५ बाट खेल शुरु हुँदैँछ |
यसपटक आईपीएल भारतको सट्टा युएईमा खेलिदैछ । २९ मार्चबाट शुरु हुने लिग कोविडका कारण अनिश्चितकालका लागी स्थगित भएको थियो । तर टी-२० वर्ल्ड कप र एशिया कप स्थगित भएपछी यूएईमा (१९ सेप्टेम्बर देखी १० नवंबर सम्म) आयोजना गरिदै छ ।
आईपीएलको १३ वर्षको इतिहासमा यो पहिलो पटक हो जसमा सबै खेलहरू केवल तीन स्थानहरूमा खेलाइनेछ। यस पटक दुबई, अबुधाबी र शारजाहामा ६० वटा खेलहरु खेलाईनेछ । दुबईको दुबई इंटरनैशनल क्रिकेट स्टेडियम, अबु धाबीको शेख जायद क्रिकेट स्टेडियम र शारजहाको शारजहा क्रिकेट स्टेडियममा सबै खेलहरु सन्चालन हुनेछन ।
खेलाडीहरूलाई मैदान खाली छैन भन्ने आभास दिन चीयरलीडर्सको प्रि-रेकर्ड गरिएका भिडियोहरू र स्क्रिनमा केही फ्यान शटहरू प्रयोग गरिने भएको छ ।
मुम्बई इन्डियन्सले हालसम्म ४ पटक लिग उपाधी जितिसकेको छ भने चेन्नई सुपरकिंग्सले ३ पटक जितेको छ ।