
पछिल्लो २४ घण्टामा काठमाडौंमा ६०२, ललितपुरमा ६४ र भक्तपुरमा १०१ जना गरेर उपत्यकामा ७६६ जना संक्रमित थपिएका छन | हिजो(शनिबार) काठमाडौं उपत्यकामा संक्रमितको संख्या ७११ रहेको थियो ।
यस संगै आजसम्म काठमाडौंमा १३,६१६ जना, ललितपुरमा १,५४८ जना र भक्तपुरमा १,४५२ जना गरेर काठमाडौं उपत्यकमा संक्रमित संख्या १६,६१५ पुगेको छ ।
देशभर आज थपिएका मध्ये ५७ दशमलव ८१ प्रतिशत संक्रमित काठमाडौं उपत्यकाका मात्रै रहेका छन्।