१० बैशाख २०८२, बुधबार

पहिराबाट भत्कियो गोठः एक बेपत्ता

landslide 2
सांकेतिक तस्विर

बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–२ भीमापोखरामा गोठ भत्किँदा एक जना बेपत्ता हुनुभएको छ । अविरल वर्षात्का कारण गोठमाथिबाट पहिरो खस्दा पालाका टेकबहादुर खातीको गोठ पुरिएको र उहाँ सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक रिजालले जानकारी दिनुभयो ।

रिजालका अनुसार गोठमा रहेका दुई भँैसी मरेका छन् । घटनास्थलमा उद्धारका लागि अछेते प्रहरीचौकीबाट प्रहरी घटनास्थलमा पुगेको तथा थप उद्धारका लागि प्रहरी निरीक्षक रिजालको नेतृत्वमा प्रहरी घटनास्थलतर्फ लागेको छ ।