
विर्तामोड नगरपालिका–५ मा मावली घरको छतबाट लडेर १३ वर्षीया कृतिका भण्डारीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाका अनुसार काठमाडौँ घर भई मावली आएकी भण्डारी बिहीबार राति १० बजे खाना खाइसकेपछि मामा दुर्गा थपलियाको चारतले छतबाट तल हेर्ने क्रममा अचानक लडेर सख्त घाइते भएकी थिइन् ।
उनलाई तत्काल उपचारार्थ बीएन्डसी अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । उनी पाँच दिनअघि मात्र काठमाडौँबाट मावली घरमा आएकी थिइन्