
नेपालमा आज (बुधवार) १४,२०९ पिसिआर टेस्ट भएकोमा थप ३४३९ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ भने २५,००७ जनामा सक्रीय संक्रमण देखिएको छ ।
यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९४ हजार २५३ पुगेको छ । हाल क्वारेन्टाइनमा ४,१६४ जना रहेका छन । पछिल्लो २४ घण्टामा १क्,१२६ जना र आज सम्म ६८,६६८ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए ।
काठमाडौं उपत्यकमा कोरोना संक्रमण दर उच्च रहेको छ । काठमाडौंमा १२९६, ललितपुरमा २९३ र भक्तपुरमा ९५ गरी जम्मा १,६८४ जना नयाँ संक्रमित थपिएका छन ।
प्रदेश अनुसार आईसियुमा २३३ जना उपचाररत छन जसमा प्रदेश १ मा २७, प्रदेश २ मा १४, बाग्मती प्रदेशमा १२७, गण्डकी प्रदेशमा ६ जना, लुम्बिनी प्रदेशमा ४१ जना, कर्णाली प्रदेशमा १७ जना, सुदुर पश्चिम प्रदेशमा १ जना रहेका छन । त्यसैगरी प्रदेश अनुसार भेन्टीलेटरमा प्रदेश १ मा ४ जना, प्रदेश २ मा २ जना, बाग्मती प्रदेशमा २५ जना र लुम्बिनी प्रदेशमा ६ जना गरी जम्मा ३७ जना उपचाररत रहेका छन ।
पछिल्लो २४ घण्टामा १५ जनाको निधन भएको छ । हालसम्म मृतक ५७८ जनामा कोरोना पुष्टि भएको छ।