
बलात्कार प्रयासको आरोपमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।
थुनछेक बहसपछि जिल्ला अदालत काठमाडौंका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले थुनामा राख्न आदेश दिएको हो ।
निर्वतनमा सभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिइएसँगै उनलाई डिल्लीबजार कारागार चलान गरिएको छ ।
जिल्ला अदालत काठमााडौंमा आजको थुनछेक बहस सकिएपछि अदालतको आदेशअनुसार महरालाई डिल्लीबजार कारागार चलान गरिएको हो ।
संसद सचिवालयकी एक महिला कर्मचारीमाथि बलात्कार प्रयास गरेको आरोप लागेको थियो ।