
संसद विघटन गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने मन्त्रिपरिषद् बैठकको निर्णयपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले यसबारे छलफल गर्न आकस्मिक बैठक बोलाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने निर्णय गरेपछि राप्रपाले यसबारे आधिकारिक धारणा बनाउन आकस्मिक बैठक बोलाएको हो ।
राप्रपाले दिउँसो ३ बजाले बस्ने गरी पार्टी सचिवालय कार्य व्यवस्था समितिको आकस्मिक बैठक बोलाएको अध्यक्ष कमल थापाले जनाएका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै उनले भनेका छन्, ‘संसद विघटन सम्वन्धि मन्त्रिपरिषदको निर्णय पछि मुलुकमा विकसित पछिल्लो घटनाक्रम वारे छलफल गर्न राप्रपा सचिवालय कार्य व्यवस्था समितिको आकस्मिक बैठक आज ३ बजे बस्दैछ।’
आजै बसेको मन्त्रिपरिषद् बैठकबाट ओलीले संसद विघटन गर्ने निर्णय गर्दै राष्ट्रपतिकहाँ सिफारिस पठाएका छन् ।