
बैतडीको सर्नया गाउँपालिका वडा नम्बर १ को वडाध्यक्षमा नेपाली कांग्रेसले जित हासिल गरेको छ।
शनिबार भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका गजेन्द्रबहादुर चन्दले २ सय १९ मत प्राप्त गरी विजयी भएका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी धनबहादुर चन्दले २ सय १५ मत प्राप्त गरे। सो वडामा ४ मत बदर भएको छ।
कांग्रेसका चन्दले ४ मतको अन्तरले मात्र विजय हासिल गरेका हुन्।