
म्यान्चेस्टर युनाइटेडको गृह मैदानमा भएको कराबाओ कपको दोस्रो सेमिफाईनल सिटिले जितेको छ । म्यान्चेस्टर युनाइटेडलाई उसकै गृह मैदानमा हराउँदै सिटिले २-० को जीत हात पारेको हो ।
पहिलो हाफ सम्म बराबरीमा रहेको खेल दोस्रो हाफमा निकै रोमान्चक बनेको थियो । ५०औ मिनेटमा जोन स्ट्न्सले पहिलो गोल मार्फत सिटिलाई अग्रता दिलाए । यसअघी १३औं मिनेटमा केभिन डि ब्रुयनको प्रहार पोस्टमा लागेर फर्कदा सिटी अग्रा लिनबाट चुकेको थियो ।
त्यसैगरी खेलको ८३औं मिनेटमा फर्नाडिन्होले गोल गर्दै सिटीको अग्रता दोब्बर पारेका थिए । तेस्रो मिनेटमा सिटी खेलाडिले आफ्नै पोस्टमा गोल गरेपनि रासफोर्ड अफसाइड हुँदा युनाइटेडले गोल दर्ता गर्ने अवसर गुमाएको थियो । उक्त गोल भिएआरले (VAR) रद्द गरेको थियो ।