
अभिनय संगै बेला बेलामा आफुले दिने अभिव्यक्तिका कारण चर्चामा आइरहने अभिनेत्रीको रुपमा पर्छिन् ऋचा शर्मा। नेशनल अवार्ड विजेता ऋचाको विवाहको चर्चा चलेको लामो समय भयो।
केही समयदेखि प्रेममा रहेकी यी सुन्दरीले अब भने बिहे गर्ने तयारी गरेकी हुन् । केहि समय अगाडी पोखरमा ‘व्याचलर्स पार्टी’ समेत गरिसकेकी ऋचाको विवाह मिति यो शनिबारलाई जुरेको छ।
मङ्सिर २१ अर्थात् डिसेम्बर ७ मा उनको लगनगाँठो दिपेश विक्रम राणा संग कसिदैछ। ऋचाले विवाहको मिति आज मात्र सार्वजनिक गरेकी हुन्। करिव दुई बर्षको प्रेम सम्बन्धलाई यी दुईले विवाहको नाम दिएका हुन्।
दिपेश क्युएफएक्स ग्रुप अन्तर्गत ललितपुरको लाबिम मलका जनरल म्यानेजर हुने। सोहि पश्चात दुवैको चिनजान भएको थियो।