
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि सरकारमा रहेका मन्त्रीहरुलाई कालो झण्डा देखाउने क्रम बढेको छ । नेकपा विभाजित भएपछि ओली नेतृत्वको सरकारमा सहभागी मन्त्रीहरुलाई ठाउँठाउँमा कालो झण्डा देखाईदै आइएको छ ।
सर्लाहीको मंगलवामा आयोजित सभामा जाने क्रममा तीन जना मन्त्रीहरुलाई मंगलबार दिउँसो नवलपुरमा आज कालो झण्डा देखाइएको हो । नवलपुरमा ईश्वर पोखरेल सहित कानुन,न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठ र सहरी विकास मन्त्री प्रभु साहलाई कालो झण्डा देखाइएको हो ।

त्यसैगरी बझाङ जिल्लाको चैनपुर पुगेका सामान्य प्रशासन मन्त्री गणेश ठगुन्नालाई पनि नेपाल निकट अनेरास्ववियूले कालो झण्डा देखाएका छन । मन्त्री ठगुन्नाको टोलीमा सांसद भैरवबहादुर सिंह ,सत्ता पक्षीय अनेरास्ववियूका संयोजक ऐन महर लगायत थिए ।