
प्रहरी कार्यालया दर्ता भएको मुद्दा मिलाइदिन्छु भन्दै पीडितसँग ९० हजार रुपैयाँ रकम लिएको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेमा मकवानपुरको टिष्टुङ पालुङ नगरपालिका-१२ का ३९ वर्षीय चन्द्र लामा भन्ने बुद्धिवहादुर घलान रहेका छन् ।
महानगरीय प्रहरी अपराध महाशाखा तथा महानगरीय प्रहरी वृत्त थानकोटको संयुक्त टोलीले बिहीबार एक व्यक्तिलाई पक्राउ गरेको हो।
उनलाई काठमाडौंको स्वयंभुबाट प्रहरीले पक्राउ गरेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता डीएसपी प्रमेश बिष्टले बताए।
महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी प्रमेश विष्टका अनुसार महानगरीय प्रहरी अपराध महाशाखा तथा महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको संयुक्त प्रहरी टोलीले घलानलाई काठमाडौंको स्वयम्भुबाट बिहीबार बिहान नियन्त्रणमा लिएको हो ।
घलानले महानगरीय प्रहरी वृत्तमा अनुसन्धानको क्रममा रहेको मुद्दा मिलाइदिन्छु भनि पीडितपक्षसँग ९० हजार रूपैयाँ माग गरेको प्रहरीले जनाएको छ।
उनीमाथि मुलुकी अपराध संहिता २०७४ बमोजिम थप अनुसन्धान भैरहेको डीएसपी बिष्टले बताए।