
हुस्सुको कारण भारतको हैदराबादबाट आउँदै गरेको विमान दुर्गापुरको काजी नजरुल इस्लाम विमानस्थलमा अवतरण गर्न सकेन।
भिजिबिलिटी कम भएका कारण विमान अन्डाल र वरपरका क्षेत्रमा ४५ मिनेटसम्म आकाशमा घुमिरह्यो। अन्तमा उसलाई कोलकाता जानुपरेको थियो।
कुहिरोरहुस्सुको प्रभावका कारण सोमबार राति कोलकाताबाट जयपुरको लागि एयर इण्डियाको कार्गो दुर्गापुर नजिकै ओभर ब्रिजको मुनि अड्कियो।
घटनाबारे जानकारी पाएपछि त्यहाँ भीड जम्मा भयो। यातायात पनि प्रभावित बन्यो।
विमानलाई २२ पाङ्ग्रे ट्रेलरमा लोड गरिएको थियो। ट्रेलरका पाङ्ग्राका हावा निकाले पछि विमान पुलबाट बाहिर निस्कियो। एजेन्सी