
प्रधानमन्त्री कप (पीएम कप) अन्तर्गत कीर्तिपुरमा जारी दोस्रो सेमिफाइनमा त्रिभुवन आर्मी क्लबले वाग्मती प्रदेशलाई रनको २३० लक्ष्य प्रस्तुत गरेको छ। टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा अलआउट हुँदै २ सय २९ रन बनाएको छ ।
आर्मीका लागि राजेश पुलामीले ६५ रन, भिम सार्कीले ४० रन र बिक्रम सोबले ३५ रन जोडे ।
बलिङतर्फ गौतम केसीले सर्वाधिक ५ विकेट लिए भने नन्दन यादव, तिलक भण्डारी राम नरेश गिरी र विपिन आचार्यले समान ११ विकेट लिए ।