
जिम्बाबेका राष्ट्रपति इमर्सन नाङ्गावाले सवैले कोरोनाभाइरस विरुद्धको खोप लगाएपछि मात्रै सामान्य अवस्था हुने बताउनुभएको छ ।
उहाँले बिहीबार भन्नुभयो, “जनजीवनलाई पहिलेकै जस्तो सामान्य अवस्थामा पु¥याउनका लागि अधिकांश नागरिकलाई खोप लगाउनु आवश्यक छ ।”
सामाजिक सञ्जाल ट्वीटरमार्फत् उहाँले चीन र रूसको सहकार्यमा सवै नागरिकलाई खोप लगाउने तयारी भइरहेको पनि जानकारी दिनुभयो ।
“जिम्बाबेका जनताका लागि कोरोनाविरुद्धको खोप उपलब्ध गराउन लागेकोमा चीन र रूसलाई धन्यवाद दिन चाहन्छु,” ट्वीटरमा लेखिएको छ ।
चिनियाँ खोप निःशुल्क पाउने अफ्रिकी मुलुकहरुको सूचीमा जिम्बाबे तेस्रो क्रममा परेको छ ।
चीनले जिम्बाबेलाई पहिलो चरणमा सिनो फार्मको दुई लाख खोप दिन लागेको हो । खोप यही फेब्रुअरी १५ सम्ममा जिम्बाबेमा ल्याइसकिने अनुमान गरिएको छ ।
एक करोड ६० लाख जनसङ्ख्या रहेको यस अफ्रिकी मुलुकलाई चीनसहित रुस र भारतले समेत कोरोनाविरुद्धको खोप सहयोग गरेका छन् ।
जिम्बाबेमा कोरोनाभाइरसबाट अहिलेसम्म ३४ हजार ८६४ जना सङ्क्रमित भएका छन् भने एक हजार ३६४ जनाको मृत्यु भएको छ ।