
शुक्रबार राती भारतको दिल्लीमा भूकम्प को झट्का महसुस गरिएको छ ।
ताजिकिस्तानमा गएको ६ दशमलव ३ रेक्टर स्केलको भूकम्पको कम्पन भारतको जम्मू कश्मीर, पंजाब, हरियाणा, हिमाचल प्रदेश, दिल्ली-एनसीआर र उत्तराखंडमा समेत महसुस गरिएको बताईएको छ ।
भूकम्पका कारण हालसम्म कुनै क्षति सम्बन्धी जानकारी भने आएको छैन। पंजाबको अमृतसर र दिल्ली-एनसीआरमा भूकम्पको कम्पनका कारण मानिसहरू घरबाट बाहिर निस्किएका थिए।
भूकम्प शुरुमा ६ दशमलव ३ रेक्टर स्केलको भनिए पनि भारतको राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ६ दशमलव १ रेक्टरको रहेको बताइएको छ ।