
पटक–पटक खाद्यान्न अभावको चर्चामा आउने डोल्पामा अहिले गाउँगाउँमा चामल पुगेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी डोल्पाका प्रमुख कमलराज पाण्डेले जानकारी दिनुभयो ।
उहाँका अनुसार अहिले चामल बिक्री हुने गति थेगिनसक्नु भएको छ । अहिले सदरमुकाम दुनैमा दुई हजार ६०० क्विन्टल, जुफालमा, एक हजार ३००, काइगाउँमा १७९ क्विन्टल, सर्मीमा ७००, लिकुमा १५०, श्हरतारामा ५५० मध्ये २०० क्विन्टल मात्र बाँकी छ । माथिल्लो डोल्पाको सालदाङ ३५०, घारगाउँ छार्का ताङसुङ ३५० वितरण भएको र २०० क्विन्टल वितरण हुन बाँकी रहेको प्रमुख पाण्डेले बताउनुभयो ।