
विभाजित नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-माधव पक्षले ६८ जिल्लाको नेतृत्व चयन गरेको छ। पार्टी विभाजन भएपछि प्रचण्ड-माधव पक्षले अध्यक्ष र सविचवको टुंगो लगाएको हो। पूर्वमाओवादी पक्षले ३५ जिल्ला र पूर्वएमालेले ३३ जिल्लामा नेतृत्व पाएको छ।
हिजो मात्रै पार्टी संगठनभित्र ५० प्रतिशतको अनुपातमा भागबण्डा गर्ने गरी तयार पारिएको ९ बुँदे मापदण्ड सार्वजनिक भएको थियो । अब ९ जिल्लाको नेतृत्व चयन गर्न बाँकी रहेकोमा यसमा दुवै पक्षलाई ५० प्रतिशत हिस्सा पुग्ने गरी भागबन्डा मिलाइने छ। जिल्ला इन्चार्ज र सहइन्चार्ज पनि टुंग्याउन बाँकी छ।