
फाइल फोटो
नेकपा ओली समूहका नेता महेश बस्नेतले फेसबुकमा एक स्ट्याटस लेख्दै सर्वोच्च अदालतको फैसला पछि मनमोहन अधिकारीको समयको विगठनको फैसलापछी जस्तै गरी मुलुक राजनीतिक अस्थिरता तर्फ जाने सम्भावना बढेको बताएका छन् ।

उनले सर्वोच्च अदालतको अनपेक्षित फैसलाको भने सम्मान गर्ने बताएका छन् ।
बस्नेतका अनुसार “सुखी नेपाली र समृद्ध नेपालका परिकल्पनाकार राजनेता केपी ओलीको वरिपरि आज पनि नेपालको राजनीति घुमिरहेको छ” । साथै उनले प्रधानमन्त्री ओलीलेनै मुलुकलाइ समीकरणको दिशा बाट एकीकरणको दिशामा लग्न र बिभाजनकारीहरुलाइ एकताको प्रक्रियामा फर्काउन सक्ने बताएका छन ।
उनि भन्छ्न “एक गोल पोलमा लागेर फर्केको छ । नयाँ गोल हान्ने चान्स तपाईंकै हातमा छ” ।