
गायिका अन्जु पन्त वैवाहिक जीवनमा बाँधिएकी छिन् । उनले आज प्रेमी थिर कोइरालासँग बिहे गरेकी हुन् ।
अन्जु र थिर प्रेम सम्बन्धमा थिए । उनीहरुले बिहे गर्ने बताएपनि मिति भने तय नभएको बताउँदै आएका थिए ।
एक बर्षदेखि प्रेम सम्बन्धमा रहेका अन्जु र थिरले आज ललितपुरको पाटनस्थित एक चर्चमा बिबाह गरेका हुन् ।

एक बर्षदेखि प्रेम सम्बन्धमा रहेका अन्जु र थिरले आज पाटनको चर्चमा बिबाह गरेका हुन् । केही समय अगाडि गायिका अन्जु पन्तले बिहे गर्ने बिषयमा कुराकानी भएपनि मिति पक्का नभएको प्रतिक्रिया संचारकर्मीलाई दिएकी थिइन् ।
अन्जु र थिरले चर्चमा बिहे गरेको वुझिएको छ । दुबै जना क्रिश्चियन धर्ममा आस्था राख्ने भएकाले पनि उनीहरुले चर्चमा बिहे गरेका हुन् । अन्जु र थिरको बिहेलाई गोप्य राख्ने प्रयास गरिएको थियो । उनीहरुको बिहेमा सिमित आफन्तहरु मात्र सहभागी रहेको वुझिएको छ ।
गायिका पन्तको एक दशक अगाडि गायक तथा संगीतकार मनोजराजसँग डिभोर्स भएको थियो । यसपछि छोरी परितोशिकासँग बस्दै आएकी अन्जुले केही महिना अगाडि छोरीकै दबाबका कारण बिहेको बिषयमा सोचेको पनि बताएकी थिइन् ।
अन्जु र थिरको बिहे मिति केही समय अगाडि नै फाइनल गरिएको थियो । माघमै बिहे गर्ने योजना भएपनि विविध कारणले सो मितिमा बिहे हुन नसकेको वुझिएको छ ।
अञ्जु पन्त नेपाली गायन क्षेत्रमा चर्चित नाम हो । उनले न बिर्सें तिमीलाई, म तिमी बिना मरीहाल्छु, तिमीले पराइ ठानेपछी लगायतका सयौं चर्चित गीत गाएकी छन्।
