
साेनाम ल्हाेसार तामाङ समुदायकाे नयाँ वर्ष हाे । मञ्जुश्री पात्रोअनुसार आजदेखि चरा वर्ष पूरा गरी ‘मुसा’ वर्षमा प्रवेश हुन्छ । हरेक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाउने गरिन्छ ।
ल्होछार मनाउने समूदायमा ‘ल्हो’ अर्थात् वर्षहरु १२ वटा हुन्छन् । ती वर्षका नामहरुलाई मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेंडा, बाँदर, चरा, कुकुर र सुँगुर जस्ता पशुपन्छी र जीवजन्तुका नामबाट राखिएको पाइन्छ । मुसाबाट शुरु हुने यि वर्षहरु जङ्गली बँदेल वर्षमा पुगेर सकिन्छन् र याे चक्र दाेहाेरिरहन्छ ।
ल्हाेसार अर्थात् ल्होछारमा ‘ल्हो’ काे अर्थ वर्ष वा साल अथवा सम्वत् हाे भने ‘छार’ काे अर्थ नयाँ भन्ने हुन्छ । यसरी ‘ल्होछार’ शब्द ‘ल्हो’ अर्थात् वर्ष वा साल र ‘छार’ वा ‘सार’ अर्थात नयाँ भन्ने दुई शब्द मिलेर बनेको हाे ।
यस दिन तामाङ समूदायले विशेष परम्परागत अनि साँस्कृतिक महत्वका साथ ल्होछार मनाउँदछन् । यसरी नेपालको उच्च पहाडी भेग र पहाडि भेगमा बसोवास गर्ने तामाङ समूदाय लगायत उत्तर छिमेकी मुलक चीन सहितका बौद्धमार्गीहरुको घनत्व रहेको क्षेत्रमा पनि आजको दिनलाई हर्ष बढाई गर्दै नयाँ वर्ष मनाउने गर्दछन् ।
प्रकृतिप्रेमी समूदायका रुपमा रहेकाे तामाङहरु समुदायले सोनाम ल्होछारका अवसरमा कूलपूजा र प्रकृतिको पूजा गर्ने गर्दछन् । आजकाे दिन छोरी-चेलीहरूलाई बोलाएर टिका लगाइदिने चलन छ ।
राष्ट्रपतिद्वारा ‘सोनम ल्होसार,२०७६’ को शुभकामना सन्देश
तामाङ समुदायहरूले मनाउने महान पर्व सोनम ल्होसारको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवम् प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।
चन्द्र पात्रोको पहिलो महिनाको पहिलो दिन अर्थात् प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदादेखि मनाईने यस पर्वमा कूल पूजा, प्रकृति पूजा, बुद्धको पूजा गर्ने एवम् आपसमा भेला भई नाचगान गर्दै हर्षोल्लासका साथ मनाउने प्रचलन रहिआएको
छ । यो पर्वलाई तामाङ लगायत ह्योल्मो, थकाली, जिरेल, नेस्याङवा, भोटे, दुरा, लेप्चा आदि समुदायले आ-आफ्नै शैली र परम्परा अनुसार मनाउँदै आएका छन् । यस्ता चाडपर्व र संस्कृतिले राष्ट्रिय एकता सुदृढ पार्न एवम् सामाजिक सद्भाव अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दछन् । त्यसैले यस प्रकारका चाडपर्वको अहम राष्ट्रिय महत्व रहेको छ भन्ने मलाई लागेको छ ।
अन्तमा, सोनम ल्होसार पर्वले सबै नेपाली बिचको एकतालाई अझ सुदृढ गर्दै नयाँ उत्साह एवम् उमङ्ग बढाओस् भन्ने शुभेच्छा प्रकट गर्दछु साथै देशमा शान्ति, सद्भाव र सहिष्णुता कायम गर्दै समृद्ध नेपाल निर्माण गर्ने प्रेरणा सबैमा जागृत गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।
धन्यवाद ।
२०७६ साल माघ ११ गते, शनिबार ।
