
आन्तरिक राजश्व कार्यालय भरतपुरका एकजना कर्मचारी घुस रकमसहित पक्राउ परेका छन् ।
अख्तियार दुरुयपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले आन्तरिक राजश्व कार्यालयका कम्प्युटर अधिकृत रामकुमार अधिकारीलाई १० हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।
विद्युतीय बिजक जारी गर्ने अनुमतिपत्र बनाइदिने भन्दै सेवाग्राहीसँग घुस मागेको सूचनाको आधारमा खटिएको अख्तियार टोलीले अधिकारीलाई उनकै कार्यकक्षबाट रंगेहात पक्राउ गरेको जनाइएको छ ।