
म्यानचेस्टर युनाइटेडको घरेलु टोलीले म्यानचेस्टर सिटीमाथि इफएल कप अन्तर्गत गएराति १-० को संघर्षपूर्ण जित निकालेको छ । नेमान्जा म्याटिकले ३५ औं मिनेटमा गरेको गोल नै निर्णायक रह्यो । यद्यपि खेलको ७६ औं मिनेटमा उनी रेड कार्ड खाँदै बाहिरिएका थिए।
म्याटिकलाई दोस्रो हाफमा सिटिका महरेज माथी फाउलको लागि पहेलो कार्ड दिइएको थियो । त्यसपछी गुन्डोगानमाथी को खराब य्याकलको कारण दोस्रो पहेलो कार्ड्ले गर्दा उनले रातो कार्ड पाए ।
खेल अवधिभर सिटीले युनाइटेडमाथि दवाब बनाउन सफल रहेको थियो । खेल को १० औ मिनेट सम्म सिटिले दवाब राखे पनि गोल भने गर्न सकेको थिएन ।
हारका बावजुद म्यानचेस्टर सिटी इएफल कपको फाइनलमा पुगेको छ। पहिलो लेगमा ३-१ ले युनाइटेडलाई हराएको सिटीले दोस्रो लेग १-० ले गुमाउँदा पनि ३-२ ले अगाडि रहँदै फाइनलको यात्रा तय गरेको हो। फाइनलमा सिटीले एस्टोन भिल्लाको सामना गर्नेछ।