
चिनियाँ विदेश मन्त्रालयले भाइरसबाट प्रभावित हुबेई प्रान्तका नागरिकहरूलाई “सकेसम्म चाँडो फिर्ता” फिर्ता ल्याउन चार्टर प्लेन पठाउने निर्णय गरेको छ।
विदेश मन्त्रालयका प्रवक्ता हुआ चुनि भन्छन “हुबेईबाट विशेष गरी वुहानका चिनियाँ नागरिकहरूले विदेशमा सामना गर्नुपरेको व्यावहारिक कठिनाइलाई ध्यानमा राख्दै चिनियाँ सरकारले चाँडो भन्दा चाँडो सीधा वुहान फिर्ता लिन चार्टर उडान पठाउन निर्णय गरेको छ” ।

शुक्रबार वेइबो मा सो बिषय ट्रेन्ड भएर ३५ मिलियन भन्दा बढी भ्यू र १५,००० छलफल भएको थियो ।
चीनले आफ्ना नागरिकहरूलाई विदेश भ्रमण स्थगित गर्न र विदेशी सामुहिक भ्रमणहरू रद्द गर्न सल्लाह दिएको छ। त्यसैगरी जर्मनी र बेलायत लगायत धेरै देशहरूले आफ्ना नागरिकहरूलाई चीन भ्रमण नगर्न आग्रह गरेका छन।
संयुक्त राज्य अमेरिकाले आफ्ना नागरिकहरूलाई चीनमा “यात्रा नगर्न” भनेको छ र साथै ट्राभल एड्भाइजरीलाई सतर्कताको उच्च स्तरमा राखेको छ।