
सिराहाको लाहानस्थित मालपोत कार्यालयमा आइतबार दिउँसो बम विस्फोट भएको छ ।
विष्फोटमा परी सात जना घाइते भएका छन् । घाइतेहरुको लहानको सप्तऋषि अस्पतालमा उपचार भइरहेको छ । घटनास्थलमा तराई जनतान्त्रिक मुक्ति मोर्चा गोइत समूहको पर्चा भेटिएको थियो।

जिल्ला मालपोत कार्यालय सिरहामा आज भएको बम विष्फोटकाे जिम्मा जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) गोइत समूहले लिएको छ ।
मोर्चाका केन्द्रीय अध्यक्ष जयकृष्ण गोइतले मालपोत कार्यालयमा भ्रष्टाचार भइरहेकाले बम विष्फोट गर्नुपरेकाे बताएका छन् ।
मोर्चाले आइतवार साँझ निकालेको विज्ञप्ति अनुसार भ्रष्टाचारलाई अपराध र भ्रष्टाचारीलाई अपराधीको सूचीमा राखेको तथा मालपोत कार्यालयमा भ्रष्टाचार गरेर अपराध गरेकाले बम विष्फोट गर्नुपरेको बताइएको छ । मालपोत कार्यालयमा भ्रष्टाचार जारी रहे यो भन्दा उच्चस्तरको कारबाही गर्ने चेतावनी पनि विज्ञप्तिमार्फत् दिएको छ ।
